गृहपृष्ठ महिला विश्वकप छनोट : नेपाल दोस्रो खेलमा पराजित

महिला विश्वकप छनोट : नेपाल दोस्रो खेलमा पराजित

आइसिसी महिला विश्वकप छनोट अन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपाल दोस्रो खेलमा पराजित भएको छ । आयोजक थाइल्यान्डसँग नेपाल ५७ रनले पराजित भयो । १ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा ६७ रन मात्र बनायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २४ रन बनाएको थियो । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको थियो। नेपालले अब शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ ।

त्यस्तै नेपालले फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु