गृहपृष्ठ फ्रान्स फ्लु प्रकोप : २८ सयको मृत्यु, २ हजार जना गम्भीर
फ्रान्स फ्लु प्रकोप : २८ सयको मृत्यु, २ हजार जना गम्भीर
फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुको प्रकोप देखिएको छ । २ हजारभन्दा बढी अस्पतालमा उपचाररत छन् ।
यस वर्षको शीतकालीन समयमा मात्र कम्तीमा २८ सय जनाकोे मृत्यु भएको सरकारी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश नागरिक ७५ वर्षमाथिका वृद्ध भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।
फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेलीमा फ्लुको प्रभाव देखिएको छ । अस्पताल भर्ना भएकामा पनि धेरैजसो ७५ वर्षमाथि वा १५ वर्षमुनिका बालबालिका ग्रस्त भएको बताइएको छ । फ्रान्समा अघिल्लो हप्ता सम्भवतः सबैभन्दा धेरै मानिसमा फ्लु अर्थात् ‘एचथ्रीएनटू’ को संक्रमण देखिएको बताइएको छ ।
प्रकाशित समय ०९:०१ बजे

















