गृहपृष्ठ प्रतिनिधिसभा बैठकमा खानेपानी मन्त्रीसँग सांसदको सवाल जवाफ हुने
प्रतिनिधिसभा बैठकमा खानेपानी मन्त्रीसँग सांसदको सवाल जवाफ हुने
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसँग सांसदहरुले सवाल जवाफ गर्ने संसद सचिवालयले जनाएको छ ।
खानेपानी मन्त्रालयसँग सम्बन्धित कामबारे सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन प्रश्नोत्तर सत्रमा मन्त्री मगर उपस्थित हुन लागेकी हुन् । दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना र सचिव गजेन्द्र ठाकुरको सरुवाका विषय सांसदका प्रश्नको जवाफ दिने संघीय संसद् सचिवालयले जनाएको छ ।
आजैको बैठकमा संसद्मा पेश गरिएको सूचना प्रविधि विधेयकबारे विचार गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राख्ने संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित समय १०:०३ बजे

















