गृहपृष्ठ टी-२० महिला विश्वकप एसिया छनोटमा नेपाल र चीन आमनेसामने

टी-२० महिला विश्वकप एसिया छनोटमा नेपाल र चीन आमनेसामने

women-cricket-newskarobar

आईसीसी टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपाल र चीन आमनेसामने हुँदैछन् । थाइल्यान्डको बैंककमा हुने खेल नेपाली समयअनुसार पौने १ बजे सुरू हुनेछ ।

नेपालले यसअघिका चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार व्यहोर्दै ६ अंक जोडेको छ । चीनले पनि पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक नै बनाएको छ । समान अंक भएर पनि चीन तालिकाको तेस्रो स्थानमा छ भने नेपाल चौथो स्थानमा छ । अंक तालिकाको शीर्ष स्थानमा आयोजक थाइल्यान्ड छ भने दोस्रो स्थानमा यूएई छ ।

चीनलाई पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित मैदान उत्रिनेछ । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले, तेस्रो यूएईलाई सात विकेटले र चौथो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल थाइल्यान्डसँग ५७ रनले पराजित भएको थियो ।

प्रकाशित समय ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु