गृहपृष्ठ -याम्पमा आयरिस अपफेल : जो ९७ वर्षमा मोडलिङ गर्दैछिन्
-याम्पमा आयरिस अपफेल : जो ९७ वर्षमा मोडलिङ गर्दैछिन्
उमेर बढ्दै गएपछि मानिसमा बुढ्यौलीका लक्षणहरू देखा पर्न थाल्छन् । अझ ९० वर्षभन्दा माथिका मानिसहरूलाई त हिँडडुल गर्न पनि अप्ठेरो पर्छ । तर, ९७ वर्षको उमेरमा कसैले मोडलिङ गर्दैछ भने त्यसमा आश्चर्य मान्नु स्वाभाविक हुन्छ ।
धेरैलाई अविश्वसनीय लाग्ने यस्तो कार्य गर्दैछिन् ९७ वर्षीय आयरिस अपफेल । यो उमेरमा मोडलिङमा आएर उनले उमेर मात्र संख्या भएको देखाइदिएकी छिन् ।
विश्वकै चर्चित मोडलिङ एजेन्सी आइएमजीसँग आयरिसले सम्झौता गरेकी छिन् । यससँगै उनी जिगी हेडिङ, गिसेले बन्डचेन, लिली एड्रिज तथा हेलीमा एडेनसँगै कम्पनीमा समाबेस हुनेछिन् ।
छोटो हेयर कट स्टाइल, ठूलो र स्टाइलिस चस्मा, भिन्नै प्रकारको गहनाका लागि चर्चित अमेरिकी बिजनेस उमन आयरिस फेसन आइकन हुन्छ । जसले मोडलिङका साथसाथै उत्पादनको बिक्रीसम्म कम्पनीको प्रतिनिधित्व गर्नेछिन् ।
सम्झौतालाई लिएर आयरिस उत्साही छिन् । यसअघि आफू कहिल्यै एजेन्ट नरहेको उल्लेख गर्दै उनले जिन्दगीमा यो मोड आउँछ भनेर अपेक्षा नगरेको प्रतिक्रिया दिएकी छिन् । ‘९७ वर्षमा कभर गर्ल बन्छु भनेर कसले सोच्छ र !’ उनले भनेकी छिन् ।
उता आयरिससँगको सम्झौतालाई लिएर कम्पनी पनि उत्साही छ । आइएमजी फेसन प्रोपर्टिजका प्रेसिडेन्ट इबास बर्टले आइरिसमा असीम प्रतिभा भएको प्रतिक्रिया दिएका छन् । उनको नेचुरल गिफ्ट दुनियामा सार्वजनिक गर्न सकिन्छ, बर्टले भनेका छन् ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित समय १५:५८ बजे

















