गृहपृष्ठ भारतले पाकिस्तानी भूमिमा फेरि गर्यो आक्रमण, चार जनाको मृत्यु

भारतले पाकिस्तानी भूमिमा फेरि गर्यो आक्रमण, चार जनाको मृत्यु

पाकिस्तानको कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण गरेका छन् ।

भारतयि सेनाको आक्रमणमा मंगलबार राति चार जना पाकिस्तानीको मृत्यु भएको बताइएको छ । योसँगै कश्मीरको सीमा क्षेत्रमा जारी तनाव थप चर्केको छ । पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाको आक्रमणपछि सो विवादित क्षेत्रमा तनाव चुलिएको हो ।

मंगलबार रातिको आक्रमणमा तीन महिला र एक बच्चासहित चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमण केही घाइते भएको बताइएको छ । दुई देशले एकअर्कालाई काश्मिरको नियन्त्रण रेखामा संघर्ष विराम गर्ने सहमतिको उल्लंघन गरेको आरोप लगाएका छन् ।

भारत प्रशासित काश्मिरको पुलवामा चरमपन्थी आक्रमणपछि दुई देशबीच तनाव सुरु भएको थियो । आक्रमणमा भारतका ४० जना सैनिक मारिएका थिए । त्यसको जवाफमा मंगलबार बिहान भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको थियो ।

हमलामा भारतले साढे तीन सय चरमपन्थी मारिएको दावी गरे पनि पाकिस्तानले भने कुनै भौतिक र मानवीय क्षति नभएको दावी गरेको छ ।

प्रकाशित समय १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु