गृहपृष्ठ अमेरिकाले सन् १९७२ मा बम गिराएको स्थानमा किम-ट्रम्पको ह्यान्डसेक
अमेरिकाले सन् १९७२ मा बम गिराएको स्थानमा किम-ट्रम्पको ह्यान्डसेक
फाइल तस्बिर .
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भियतनामको हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनसँग भेट्दैछन् । गत वर्ष जुन १२ मा सिंगापुरमा किमसँग पहिलो शिखर वार्ता गरेका ट्रम्प उनै किमसँगको दोस्रो शिखर वार्ता भियतनाममा गर्दैछन् ।
यो शिखर वार्ताप्रति ट्रम्प कति आशावादी छन् भन्ने उनको प्रतिक्रियाले केही अनुमान गर्ने आधार दिएको छ । ट्रम्पले किमलाई भेट्नुभन्दा पहिले उनलाई आफ्नो मित्र भनेका छन् । साथै ट्रम्पले अगाडि के पनि भनेका छन् भने यत्र उत्तर कोरियालाई महान् बनाउने मौका हो ।
त्यसको केही समय पहिले अमेरिकी सिनेटमा दोस्रो शिखर वार्तालाई लिएर छलफल भयो । जहाँ एक अमेरिकी सिनेटले किमसँगको शिखरवार्तालाई लिएर राष्ट्रपति ट्रम्प बढी सावधान रहनुपर्ने बताएका थिए । सँगै उनले परमाणु निःशस्त्रीकरणको बदलामा उत्तर कोरियालाई के दिइँदैछ भनेर अत्यन्तै सावधान रहनुपर्ने बताएका थिए ।
विपक्षीलाई ट्रम्पको व्यंग्य- वार्ताको तरिका बताएकामा धन्यवाद
यसको जवाफ ट्वीटमार्फत दिँदै राष्ट्रपति ट्रम्पले व्यंग्यात्मक पारामा, वार्ताको तरिका सिकाएकामा धन्यवाद दिए ।
दोस्रो शिखर वार्ताको लागि चुनिएको स्थान पनि महत्वपूर्ण छ, भियतनामको हनोइ । यो त्यही स्थान हो जहाँ सन् १९७२ डिसेम्बर १८ मा अमेरिकी बम बर्षकले बम खसाएको थियो ।
शिखर वार्ताका लागि भियतनाम प्रस्थान गर्नुअघि ट्रम्पले ट्वीटमार्फत वार्ता सफल हुने बताए । उनले उत्तर कोरियाले पूर्ण रूपमा परमाणु हतियार त्यागेपछि द्रुत गतिमा आर्थिक शक्तिको केन्द्र बन्छ । साथै किमले समझदारीपूर्ण फैसला लिने विश्वास गर्दै आफूलाई कुनै हतार नभएको र कसैको परीक्षण गर्न नचाहेको उल्लेख गरेका छन् ।
त्यसोत सिंगापुरमा सम्पन्न पहिलो शिखर वार्तापछि उत्तर कोरियाले कुनै पारमाणविक परिक्षण नगरेकामा त्यसलाई अमेरिकाले सकारात्मक रूपमा लिएको छ । यसभन्दा पहिले किमले हाइड्रोजन समेत ६ परमाणु परीक्षण गरिसकेका थिए ।
यो पनि पढ्नुहोस् ।
विपक्षीलाई ट्रम्पको व्यंग्य- वार्ताको तरिका बताएकामा धन्यवाद
ट्रम्प र किमको वार्तामा एक खेलाडीको चर्चा, किन जाँदैछन् सिंगापुर ?
प्रकाशित समय १४:५० बजे

















