गृहपृष्ठ शशांक कोइराला भन्छन्- सरकारका राम्रा कामको प्रशंसा गर्छौं

शशांक कोइराला भन्छन्- सरकारका राम्रा कामको प्रशंसा गर्छौं

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले समृद्ध मुलुकका लागि स्थानीय स्रोत साधनका प्रयोग गर्नुको विकल्प नभएको बताएका छन् । मुलुक समृद्धिको दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै उनले स्थानीय साधन र स्रोतको प्रयोग गर्न सके समृद्धिको सपना साकार हुने बताए ।

रुपन्देहीको देवदहमा शुक्रबारदेखि सुरु भएको पाँचौं राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै महामन्त्री कोइरालाले सरकारले गरेका राम्रा कामको प्रशंसा र नराम्रा कामको खबरदारी गर्ने धारणा राखे ।

उनले विदेशिएका युवालाई स्वदेशमै रोजगारीको बाटो सिर्जना गर्नु अहिलेको मुख्य एजेन्डा भएकाले उत्पादनमूलक क्षेत्रको खोजी गरी युवालाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गरे ।

उनले बुद्धको मावली देवदहलाई विश्वमा चिनाउन पूरातात्विक स्थलको उत्खनन् र पर्यटकीय क्षेत्रलाई बढावा दिनुपर्नेमा जोड दिए ।

प्रकाशित समय १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु