गृहपृष्ठ पाकिस्तानको कब्जामा रहेका भारतीय पाइलट अभिनन्दन रिहा

पाकिस्तानको कब्जामा रहेका भारतीय पाइलट अभिनन्दन रिहा

भारतीय वायु सेनाका विंग कमान्डर अभिनन्दन वर्तमानलाई शुक्रबार पाकिस्तालने भारतसामु सुम्पेको छ । २७ फेब्रुअरीमा पाकिस्तानको कब्जामा परेका अभिनन्दनलाई सकुशल रिहा गरिएको हो ।

पाकिस्तानले भारतीय लडाकु विमानमाथि प्रहार गरेपछि अभिनन्दन प्यारसुटबाट पाकिस्तानी भूमिमा ओर्लिएका थिए । अभिनन्नलाई भारत–पाकिस्तानको अटेरी वाघा सीमा नाकामा जम्मा भएका बीएसएफका अधिकारी, पन्जाब एडमिन्सट्रेसनका अधिकारीहरुले स्वागत गरेका थिए ।

अभिनन्दनलाई रिहा गर्ने पाकिस्तानले जनाएपछि हजारौं भारतीय बिहानैदेखि स्वागतका लागि वाघामा भेला भएका थिए । अभिनन्दनलाई पाकिस्तानी सेनाको विमानमा इस्लामावादबाट लाहुर ल्याइएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार संसदमा अभिनन्दनलाई रिहा गर्ने निर्णय सुनाएका थिए । नियन्त्रणमा लिइएका अभिनन्दनलाई रिहा गरेर शान्ति स्थापनाको पहल गरेको भन्दै यस कदममा पाकिस्तानको चौतर्फी प्रशंसा भइरहेको छ ।

प्रकाशित समय ०८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु