गृहपृष्ठ तीन अर्ब १२ करोडको पशुचौपाया र पशुजन्य उत्पादन आयात

तीन अर्ब १२ करोडको पशुचौपाया र पशुजन्य उत्पादन आयात

कृषि उत्पादनलाई बढावा दिने र आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले देशका ८३ स्थानलाई जोन, सुपरजोन अवधारणा अगाडि बढाएको छ तर कृषि उपजको आयातको अवस्था भने डरलाग्दो छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा तीन अर्ब १२ करोड २३ लाख ३० हजार मूल्यबराबरको पशुपन्छी उत्पादन तथा उत्पादन सामग्री आयात भएको छ ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार गाईगोरु, बाच्छाबाच्छी मात्रै ८० लाख २० हजार बराबरको आयात भएको जनाएको छ । यस्तै राँगाभैँसी, पाडापाडीको आयात ७३ करोड ६१ लाख ७५ हजार बराबरको भएको छ ।

बंगुर, सुँगुर ६८ लाख ६ हजार, घोडा, खच्चर सात करोड पाँच लाख ६४ हजार, प्यारेन्ट स्टक चल्ला लेयर्स आठ करोड ६१ लाख ६८ हजार, प्यारेन्ट स्टक चल्ला ब्रोइलर ५२ करोड २६ लाख ३६ हजार, ग्राण्ड प्यारेन्ट स्टक ३२ करोड ५८ लाख ९२ हजारको आयात भएको छ ।

काँचो दूध ९५ लाख १२ हजार र धुलो दूध ४३ करोड ९० लाख ६९ हजारबराबरको आयात भएको छ । अन्य दुग्धजन्य उत्पादन एक अर्ब ५३ करोड ९२ लाख ४१ हजार रूपैयाँबराबरको आयात भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने धुलो दूध आयातमा रोक लगाएको छ । केन्द्रको विवरणअनुसार एक प्रकारको कुखुराको अण्डा (एसपिएफ) एक करोड १२ लाख, खाने माछा ८० करोड ९१ लाख ७१ हजार, फ्रोजन मटन, चिकेन, पोर्क मात्रै तीन करोड ५९ लाख ६८ हजार र राँगोको मासु ५१ लाख २० हजारको आयात भएको छ ।

प्रकाशित समय १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु