गृहपृष्ठ मलको ठेक्का सम्झौता रद्द, दुवै कम्पनीलाई कारबाही हुने

मलको ठेक्का सम्झौता रद्द, दुवै कम्पनीलाई कारबाही हुने

तोकिएको अवधिभित्र रासायनिक मल आपूर्ति गर्न नसकेका कम्पनीमाथि कारबाही हुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले आइतबार मल आपूर्तिसम्बन्धी ठेक्का सम्झौता रद्द गरेको छ । यो निर्णयसँगै दुवै कम्पनीको कार्यसम्पादन धरौटीवापतको पाँच-पाँच करोड रूपैयाँसमेत जफत हुने भएको छ ।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको लिमिटिडले जनाएकाे छ । ‘तत्कालका लागि सम्झौता रद्द गरिएको छ । धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’ लिमिटेडले कृषि तथा पशुपंक्षी मन्त्रालयलाई लेखेकाे पत्रमा उल्लेख छ । यसका साथै, थप कानुनी कारबाहीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले तयारी गरेको छ ।

५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । यी दुई कम्पनीले २५/२५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का लिएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने सम्झाैता थियो ।

तोकिएको समयमा मल आपूर्ति नहुँदा देशभर मलको हाहाकार भएको छ । ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइने भएको छ ।

 

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु