गृहपृष्ठ घरको छतमा तरकारी खेती गरेर मनग्य आम्दानी
घरको छतमा तरकारी खेती गरेर मनग्य आम्दानी
पछिल्लो समय घरको छतमै बिभिन्न किसिमका तरकारी लगाउने चलन बढ्दै आएकोे छ ।पाल्पाको पोखराथोकका कृषक कवि नेपालले घरको छतमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्। रासायनिक मलको प्रयोग बिना नेपालले तरकारी खेती गर्ने गरेका छन् ।
खेती गर्नका लागि प्रसस्त जमिन र सिंचाइको आवश्यक पर्छ भन्ने मान्यतालाई तोड्दै पाल्पाको पोखराथोकका कृषक कवि नेपालले घरको छतमा तरकारी खेती गर्ने गरेका छन् । उनले छतमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।
अाफ्नाे घरकाे छतमा मौसमी, वेमौसमी तरकारी खेती गर्ने गरेका छन् । उनले घरको छतमा करेला, बोडी, भिण्डी लगायतका तरकारी खेती गरेका छन् ।
रसायनिक मल र विषदीको प्रयोग बिना नेपालले लसुन, प्याज, बन्दा, काउली समेत खेती गरेका छन् । आकाशे पानीलाई सदुपयोग गर्दै उनले तरकारी लगाउने गरेका छन् । इच्छा शक्ति हुने हो भने छतमै तरकारी खेती गरेर आत्मनिर्भर बन्न सकिने नेपालको भनाइ छ ।
प्रकाशित समय २१:५० बजे

















