गृहपृष्ठ बुटबलमा शुक्रबार हुन्छ बढी अपराधका घटना

बुटबलमा शुक्रबार हुन्छ बढी अपराधका घटना

dsp dil bahadur mall elika police butwal

बुटवल आसपासमा शुक्रबारको दिन र असार महिनामा बढि अपराधजन्य क्रियाकलाप हुने गरेको रोचक तथ्यांक पाइएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार सबैभन्दा अपराधजन्य क्रियाकलपाहरु महिनाको हिसाबले असार महिनामा बढी र बारको विश्लेषण गर्दा शुक्रबार बढि अपराध हुने गरेको पाइएको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) डिलबहादुर मल्लले गत आर्थिक बर्ष २०७४/०७५ मा सबैभन्दा बढी असार महिनमा १ सय २० वटा अपराध जन्य क्रियाकलाप भएको जानकारी दिए । उनका अनुसार शुक्रबार मात्र बर्षभरीमा कुल १ सय ३ वटा त्यस्ता प्रकृतिको अपाराध हुने गरेको हो ।

यस्तै सोही आर्थिक बर्षमा बैशाख महिनमा ५४, जेठमा ४३, असारमा १२०, साउनमा ४३, भदौमा ३९, असोजमा ५६, कार्तिकमा ७३, मंसिमा ३०, पुसमा ३३, माघमा ४२, फागुनमा ५५, चैत महिनमा ४० वटा अपराधजन्य क्रियाकलाप भएका छन् ।

यस्तै बार अनुसारको विश्लेषण गर्दा आईतबार ८४, सोमार ८९, मंगलबार ८६, बुधबार ९२, बिहिबार ९३, शुक्रबार १ सय ३ र शनिबार ८१ अपराधहरु भएको पाइएको छ ।

बुटवल–आसपासमा लागु औषधको कारोबार गर्नेहरु विस्तारै बढ्दै गएको पाइएको छ । रुपन्देहीमा भारतसँग जोडिएको बेलहिया नाका, नवलपरासीको महेशपुर नाका र कपिलवस्तुको कृष्ण नगर नाकाबाट बुटवललाई ट्रान्जिट गरेर लागू औषधको कारोबार हुने गरेको तथ्यांक खुलेको हो ।

ईलाका प्रहरी कार्यालयको चालु अवस्थमा रहेका मुद्दाहरुको प्रकृति हेर्दा सबैभन्दा बढि लागु औषधका मुद्दाहरु बढि रहेका छन् ।

डिएसपी मल्लका अनुसार कुल २७ मुद्दा लागु औषधका रहेका छन् । अहिले चालु अवस्थमा रहेका मुद्दाहरु कुल ५१ वटा रहेकोमा २७ वटा लागु औषधका मुद्दाहरु हुन् । उनका अनुसार जसमा कुल ४९ जना पुरुष र ३ जना महिला समेत संलग्न रहेका पाइएको हो ।

प्रकाशित समय २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु