गृहपृष्ठ उत्कृष्ट कृषकलाई कृषियन्त्र प्रदान
उत्कृष्ट कृषकलाई कृषियन्त्र प्रदान
नेपालगन्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषियन्त्र उपलब्ध गराइएको छ । नेपालगन्ज उपमहानगरपालिका कृषि शाखाले मागमा आधारित कार्यक्रममा ५० प्रतिशत अनुदानअन्तर्गत नगरका कृषि फार्मलाई कृषियन्त्र हस्तान्तरण गरिएको हो ।
मागमा आधारित कार्यक्रमअन्तर्गत नेपालगन्ज-१६ का मोहम्मद असलम राई र वडा नम्बर २२ का गोपीप्रसाद यादवलाई २५/२५ हजारको पम्पसेट र नेपालगन्ज-१६ स्थित नयाँ नेपाल स्यालो ट्युब वेलका गुलाम रसुल कवडियालाई एक लाख ८५ हजार रूपैयाँबराबरको धानको थ्रेसर, पम्पसेट तथा पानी तान्ने मोटर उपलब्ध गराइएको छ ।
यस्तै, नेपालगन्ज-२० कप्तान कृषि फार्मका रमेश सिटौलालाई ५१ हजार रूपैयाँबराबरको पम्पसेट र पानी तान्ने मोटर उपलब्ध गराइएको छ । नगरप्रमुख डा. धवलशमशेर राणाले कृषियन्त्र हस्तान्तरण गर्दै प्रविधि प्रयोगले कृषि उत्पादन वृद्धिसँगै व्यावसायिक कृषि प्रणालीलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रकाशित समय १३:५६ बजे
















