गृहपृष्ठ बाढीपहिरोले २१ दिनमा १ सय १८ काे मृत्यु , सरकार उदासीन
बाढीपहिरोले २१ दिनमा १ सय १८ काे मृत्यु , सरकार उदासीन
राहतमा ढिलाइ गरेकाे सांसदकाे आरोप

काठमाडौं
मुलुकभर बाढीपहिरोको कारण जनधनको क्षेती बढ्दो क्रममा रहेको छ । सरकारले यस विषयमा कुनै चासो नदिएको सांसदहरुले आरोप लगाएका छन् ।मनसुन सुरु भएसँगै बाढीपहिरोको कारण जनधनको क्षेती बढेको भन्दै यस अवधिमा सञ्चालनमा आएका संघीय संसदका बैठकहरुमा सांसदहरुले जोखिम बढेको र त्यसको न्यूनीकरणका लागि सरकारले कुनै काम गर्न नसकेकोप्रति आक्रोश पोख्दै आएका छन् ।
‘मुलुकभर बाढीपहिरोले दिनहुँजसो मान्छे मरिरहेका छन्, तर सरकार चुप लागेर बसेको छ,’ सांसद प्रेम सुवालले भने, ‘उपत्यकामा नै बाढीको जोखिम बढ्नु, पहाडी क्षेत्रमा पहिरोका कारण दिनहुँ मान्छे मर्ने कुरामा सरकार निरिह भएर बसेको छ ।’ यस्तैगरी बाढीको कारण आफ्नो क्षेत्रमा बाढीले समस्या उत्पन्न गरेको भन्दै नेकपा नेतृ एवं बाँकेकी सांसद पुर्णाकुमारी सुवेदीले सरकारले जोखिम न्यूनीकरणका लागि कुनै काम गर्न नसकेको बताईन । ‘नेपालगञ्जमा बाढीका कारण अत्याधिक जनधनको क्षेती हुने गरेपनि सरकारले त्यसलाई कम गराउने विषयमा कुनै सतर्कता अपनाएन,’ उनले भनिन्, ‘यस्तो अवस्थामा सरकारले अभिभावकत्व लिनुपर्ने अवस्थामा संसदमा उठेको विषयसमेत सरकारले वेवास्ता गरेको छ ।’
तीन सातामै बाढीपहिरोबाट ११८को मृत्यु
गृहमन्त्रालयका विपद व्यवस्थापन पोर्टलाका अनुसार गएको तीन हप्तामा १ सय १८ जनाको मेृत्यु भएको छ । ८ जुनबाट नेपालमा प्रवेश गरेको मनसुन जुनको अन्त्यदेखि मात्रै सकृय बनेको थियो । जुलाई १ देखि आइतबार बिहानसम्ममा १ सय १८ जनाको ज्यान विपद्का कारण भएको हो ।
‘विपद्पूर्व नै सतर्क रहन आव्हान गरिने गरेको छ, तरपनि विगतका बर्षहरुमाभन्दा बढी मानिसको ज्यानजानुको साथै विपद्का घटना पनि बढी पाइएको छ,’ गृह मन्त्रालको विपद् व्यवस्थापन महाशाखाका उपसचिव उमेश ढकालले भने, ‘हामीले जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको सूचनाका आधारमा जनताई सूची गराउँदै आएपनि घटना बढीरहेको पाएका छौं ।’
तयारी अवस्थामा रहन गृहमन्त्रालयको निर्देशन
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले बाढी पहिरो, डुवानजस्ता प्राकृतिक प्रकोप तथा त्यसबाट उत्पन्न स्थितिको समिक्षा गरेको छ । बैठकले यसअवधिमा उत्पन्न हुने आवागमन, सञ्चार, बसोबार र स्वास्थ्यमा देखिने समस्याका प्रभावकारी रुपमा सामना गर्न प्रदेश सरकार र जिल्ला व्यवस्थापन समितिलाई सजगता अपनाउने निर्देशन दिएको छ ।
गृहमन्त्रालयले जिल्लास्थित सबै स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समिति गठन र क्रियाशिल बनाउन निर्देशन दिएको छ । उसले यस अवधिमा हुने वर्षाको पूर्वानुमानका आधारमा तत्काल सरोकारवाला निकायसँग समन्वय गरेर उद्दारकर्मी परिचालन गर्न आपतकालीन कार्यसञ्चालन गर्न दिर्नेशन दिएको छ । गृहमन्त्रालयले विपद्को प्रकृती, मात्रा र प्रभावित क्षेत्रको स्थितिअनुसार हवाई वा सतह मार्गबाट तत्काल उद्दारकार्य सञ्चालन गर्न नेपाली सेनाले हेलिकप्टर तम्तयार राख्ने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले जनशक्ति र उपलब्ध श्रोत साधनलाई तम्तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । उसले सडक विभागले सडक आवागमन सुचारु गर्न उपकरण र जनशक्ति तयारी अवस्थामा राख्न र स्वास्थ्य सेवा विभागलाई अत्यावश्यक औषधी र चिकित्सक टोली तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
तीन दिन जोखिम छैन, सतर्कता अपनाऔं
आइतबार विहान बाढी पूर्वानुमान शाखाले सार्वजनिक गरेको सूचना अनुसार हाल देशका सबै प्रमुख नदीहरुमा जलसतह सामान्य स्थिर रहेको जनाएको छ । आज दिउँसो र रातीको समयमा धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको बताएका छ । उसले केही स्थानहरुमा भारी वर्षा हुनसक्ने भएकोले सतर्क अवस्थामा रहन सबैमा आह्वान गरेको छ ।
यसैगरी शाखाले सोमबार र मंगलबार पनि अधिकांश स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने र केहीस्थानमा भारी वर्षाकोसमेत सम्भावना भएको औल्याएको छ ।
बाढी पूर्वानुमान शाखाका पहिरोविद् विनोद पराजुलीका अनुसार भोली बिहान ६ बजेसम्म मुलुकका कोशी, नारायणी, पश्चिम राप्ति, बबई र कणााली नदीहरुमा पानीको बहाव स्थिर रहने छ । ‘महाकाली नदीमा पानीको बहाव सामान्य बढ्दो क्रममा छ, तर सतर्काता भन्त्दा तलै छ,’ उनले भने, ‘भोली (मंगलबार) बिहानसम्म महाकाली, कणााली, पश्चिम राप्ती, बागमती र कोसी नदी जलाधारकोपहाडी क्षेत्रमा हल्का देखि मध्यम बर्षा हुने पूर्वानुमान भएकोले भोली बिहानसम्म समान्त्य बढ्दो क्रममा हुने छ ।’यस्तै मंगलबार बिहानसम्मको बाढीको पूर्वानुमान गर्दै शाखाले कन्काई, कमला, बागमती, खाडो, गागन, रातु र आसपासका नदीहरूमा बहाब बढ्दो क्रममा हुने जनाएको छ । पुर्वी र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीहरूमा एक्कसी बाढी समेत आउन सक्ने सम्भावना रहेको शाखाले जनाएको छ ।
बुधबार विहानसम्मको बाढी पूर्वानुमान गर्दे शाखाले कन्काई, कोसी, कमला, बागमती नारायणी, पश्चिम राप्ति, बबई र कणााली नदी जलाधारमा बहाव बढ्दो क्रममा रहने जनाएको छ । शाखाले यस अवधिमा चुरे र पहाडी क्षेत्रहरुमा सामान्य वर्षा हुदा पनि वाढी र पहिरोको सम्भावना रहेको भन्दै सतर्क रहन आह्वान गरेको छ । ‘चुरे र पहाडका साना नदीहरूमा पानी परिराखेको बखत एक्कासी बाढी आउन सकछ, सतका रहौं,’ पहिरोविद् पराजुलीले भने ।
प्रकाशित समय ०९:५९ बजे