गृहपृष्ठ क्यानाडा : टोरन्टोमा अन्धाधुन्ध गोली प्रहार, एक जनाको मृत्यु
क्यानाडा : टोरन्टोमा अन्धाधुन्ध गोली प्रहार, एक जनाको मृत्यु
क्यानडाको टोरन्टोमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । गोली लागेर अन्य १३ जना घाइते भएका बीबीसीले उल्लेख गरेको छ । घाइते मध्ये एक किशोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमणकारीलाई पनि गोली हानी मारिदिएको छ ।
स्थानीय समय अनुसार आइतबार राति डानफोर्थ र लोगन एभिन्युमा घटना भएको हो । प्रहरीले प्रत्यक्षदर्शीसँग घटनाका बारेमा आफूले देखेका कुराबारे प्रष्ट बताउन आह्वान गरेको छ ।
आक्रमणको कारणबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरुलाई उदृत गर्दै क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित समय ११:२४ बजे

















