गृहपृष्ठ प्रधानमन्त्री ओली डा. केसीसँग ‘वान टु वान’ वार्ता गर्न चाहन्छन्

प्रधानमन्त्री ओली डा. केसीसँग ‘वान टु वान’ वार्ता गर्न चाहन्छन्

kp oli_newskarobar फाइल तस्बिर

अनशनरत डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं  वार्ता गर्ने सम्भावना बढेको छ । डा. केसीले अनशन तोडेमा प्रधानमन्त्री ओलीले आफैं वार्ता गर्ने मनस्थिति बनाएका हुन् । सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने अडान डा. केसीले लिएपछि सरकारले यस्तो तयारी थालेको हो ।
वार्ताका लागि सरकारले सन्देश पठाएपनि डा. केसीले जवाफ दिएका छैनन् । बालुवाटार स्रोतका अनुसार डा. केसीका प्रतिनिधिसँग छलफल गर्दा निचोडमा पुग्न नसकिएकाले सिधैं केसीसँग छलफलको तयारी थालिएको हो ।

सरकारले वार्ताको लागि चासो नदिएको भन्दै आलोचना भइरहेकाबेला प्रधानमन्त्री ओलीले अग्रसरता देखाएका हुन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी अनशन बसेको २४ दिन पुगेको छ । उनको स्वास्थ्य अवस्था कृटिकल भएको छ ।

प्रकाशित समय १०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु