गृहपृष्ठ इजरायलले सिरियाली लडाकु विमान झारिदियो
इजरायलले सिरियाली लडाकु विमान झारिदियो

इजरायलले सिरियाको एउटा लडाकु विमानलाई खसालिदिएको छ । अधिकारीहरुका अनुसार सीमामा प्रवेश गर्न लागेको सिरियाली लडाकु विमानलाई इजरायलले झारिदिएको हो ।
इजरायल र सिरियाबीच सम्बन्ध नराम्रो भए पनि एउटाले अर्काको लडाकु विमान खसाइदिएको घटना विरलै हुने गरेको छ । सिरियाको विमान गोलन हाइट्समाथि उडिरहेका बेला इजरायलले झारिदिएको हो । विमानमा सवार पाइलटको अवस्था अहिलेसम्म अज्ञात नै छ ।
सिरियाली न्युज एजेन्सी सनाका अनुसार इजरायलले सिरियाको विमानलाई सिरियाकै के ही वायु क्षेत्रमा निशाना बनाएको हो । सनाले सैन्य सुत्रको हवाला दिँदै भनेको छ कि उक्त विमान दक्षिणी यारमुक घाटी नजिकै चरपन्थी समूहमाथि आक्रमण गरिरहेको थियो । सिरिया यो क्षेत्रमा रहेका विद्रोहीलाई चरमपन्थी मान्छ । यता, इजरायलको एक न्युज वेबसाइटका अनुसार उत्तरी इजरायलमा रहेका मानिसहरुले देखे कि इन्टरसेप्टर मिसाइल खसालिएको थियो र ठूलो आवाज सुनिएको थियो ।
सिरिया र इजरायलको कब्जामा रहेको सिरियाली गोलन पहाडको बीचमा आगोको मुस्लो र धुवाँ देखिएको समाचार संस्था एएफपीले जनाएको छ ।
इजरायल र सिरियाबीच ४५ वर्षपहिले लडाईं भएको थियो । पछि दुबै देश सीमामा ५० माइल लामो बफर–जोन बनाउन सहमत भएका थिए ।
प्रकाशित समय ०७:३५ बजे