गृहपृष्ठ भारतीय आक्रमणको जवाफ दिन्छौं : पाकिस्तानी विदेशमन्त्री

भारतीय आक्रमणको जवाफ दिन्छौं : पाकिस्तानी विदेशमन्त्री

sah_mohammad_kuresi

पाकिस्तानी विदेशमन्त्री साह महमुद कुरेसीले भारतले पाकिस्तानको सम्प्रभुता उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् । यसअघि भारतले बालकोटमा हवाई आक्रमण गरेपछि पाकिस्तानले सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको थियो ।

बैठक सम्पन्न भएपछि प्रतिक्रिया दिँदै विदेशमन्त्री कुरेसीले बालकोट आक्रमणमा भारतीय दावीको खण्डन गरे । भारतले उक्त आक्रमणमा भारी नोक्सान पुर्याएको दावी गरेको थियो । उक्त भारतीय दावीको खण्डन गर्दै बैठकपछि कुरेसीले भने, ‘हामी बालकोट नजिकै कथित आतंकी शिशिरको नस्ट गरेको तथा भारी नोक्सान पुर्याएको दावी खारेज गर्दछौं ।’

बिबिसी हिन्दीका अनुसार भारतको यो अनावश्यक आक्रमणको उचित स्थान र समयमा जवाफ दिने पाकिस्तानले बताएको छ ।

बैठकपछि पाकिस्तानी विदेशमन्त्रीले भारतको दावीलाई मनगणन्ते दावी भनेका छन् । ‘भारत सरकार एकपटक फेरी आफ्नो उद्देश्य पूर्तिका लागि अनर्गल र मनगणन्ते दावी गरिरहेको छ,’ कुरेसीलाई उदृत गर्दै बिबिसी हिन्दीले लेखेको छ, ‘भारतले यो आफ्नो घरेलु आवश्यकता पूरा गर्न गरिरहेको छ किनकी चुनावी माहौल छ, जसका लागि क्षेत्रीय सुरक्षा तथा स्थिरता गम्भीर खतरामा पारिएको छ ।’

विदेशमन्त्री कुरेसीका अनुसार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंग तथा नागरिकहरूलाई कुनै पनि स्थितीका लागि तयार रहन भनेका छन् ।

यो पनि पढ्नुहोस् ।

के भारतीय सेनाले नियन्त्रण रेखा पार गरेको हो ?

प्रकाशित समय १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु