गृहपृष्ठ कांग्रेस केन्द्रीय समिति बैठक पौडेल-सिटौला पक्षद्वारा बहिस्कार

कांग्रेस केन्द्रीय समिति बैठक पौडेल-सिटौला पक्षद्वारा बहिस्कार

congress-newskarobar

मंगलबारका लागि बोलाइएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगीत भएको छ । नेताद्वय रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षले बहिस्कार गरेपछि बैठक स्थगीत भएको हो ।

यसअघि कांग्रेस केन्द्रीय समितिले केही समयअघि काठमाडौंमा सम्पन्न महासमिति बैठकले गरेको निर्णयको बर्खिलाप हुनेगरी बहुमतका आधारमा पार्टीको विधान पास गरेको थियो । संस्थापन पक्षले महासमिति बैठकको स्पिरिटविपरित विधान पास गरेपछि पौडेल र सिटौला पक्षका नेताहरूले नोट अफ डिसेन्ट लेखेका थिए ।

संस्थापन पक्ष बहुमतको बलमा एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै सभापति शेरबहादुर देउवाइतर पक्षले असहमति जनाउँदै आएका छन् । उनीहरूले महाधिवेशन प्रतिनिधि हुन चुनाव लड्न नपर्ने व्यवस्था संस्थपन पक्षले बहुमतका आधारमा पास गरेपछि असन्तुष्टि जनाउँदै आएको थियो ।

मंगलबारको केन्द्रीय समिति बैठक स्थगीत भएपछि अर्को बैठक कहिले बस्ने भन्ने निर्क्योल भइसकेको छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केही दिनका लागि केन्द्रीय समिति बैठक स्थगीत भएको जानकारी दिए ।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु