गृहपृष्ठ अर्जेन्टिनाका समर्थकले गरे आत्महत्या

अर्जेन्टिनाका समर्थकले गरे आत्महत्या

अर्जेन्टिनाका एकजना समर्थकले अात्महत्या गरेका छन् । मुस्किलले समूह चरण पारे गरेपनि नकआउट चरणमा हारेर अर्जेन्टिना बाहिरिएपछि भारत वेस्ट बंगालको माल्दा जिल्लाका २० वर्षीय मोनोतोष हाल्दरले आत्महत्या गरेका हुन् ।

अर्जेन्टिना बाहिरिएको दुख सहन नसकेर उनले गत आइतबार आत्महत्या गरेका भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाले फ्रान्ससँग ४–३ गोलको पराजय भोगेको थियो । त्यतिबेला देखि नै उनी छटपटाइरहेका थिए । परिवारका सदस्यहरूसँग सुत्ने भन्दै आफ्नो रुमतिर छिरेका उनी झुण्डिएको अवस्थामा फेला परे । मोनोतोषका बुबा मोन्गोल हाल्दरले छोरा कुनै मानसिक रोगी नभएको प्रहरीलाई जानकारी दिएका छन् ।

परिवारका सदस्यका अनुसार मोनोतोष अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीका ‘डाइहार्ट’ फ्यान थिए । यसअघि केरलाका दिनु एलेक्स नामका युवाले पनि अर्जेन्टिना समूह चरणमा क्रोयशियासँग ३–० ले पराजित हुँदा खोलामा हामफालेर आत्महत्या गरेका थिए ।

प्रकाशित समय १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु