गृहपृष्ठ हार्यो ब्राजिल, सेमिफाइनलमा फ्रान्ससँग बेल्जियमको भेट पक्का
हार्यो ब्राजिल, सेमिफाइनलमा फ्रान्ससँग बेल्जियमको भेट पक्का

पाँच पटकको विश्वविजेता ब्राजिल रुस विश्वकपको क्वाटरफाइनलबाटै घर फर्किएको छ । काजन एरेनामा ब्राजिललाई बेल्जियमले २–१ ले पराजित गरेको हो । जितपछि बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । उसले अब फ्रान्ससँग खेल्नेछ ।
खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्माघाती गोल गरेपछि ब्राजिल १–० ले पछि परेको थियो । त्यसपछि डि ब्रुइनको गोलमा बेल्जियमले अग्रता दोब्बर पारेको थियो । खेलको ३१ औं मिनेटमा लुुकाकुले दिएको पास बल ब्रुइनले सदुपयोग गरे ।
ब्राजिलका रेनाटो अग्युस्टोले मैदान छिरेको केही मिनेटमै गोल गर्दै बेल्जियमसँगको अग्रता २–१ मा झारेका थिए । खेलको ७६औं मिनेटमा उनले गोल गरेपनि त्यसपछि गोल गर्न ब्राजिल चुक्दा घर फर्किनु परेको हो । पाँच पटकको विश्वविजेता ब्राजिल क्वाटरफाइनलबाट फर्किएपछि अब विश्वकप उपाधिमा नयाँ टोलीको दाबेदारी बढेको छ ।
प्रकाशित समय ०१:४९ बजे