गृहपृष्ठ जलमग्न भयो भक्तपुर (११ तस्बिरमा हेर्नुस् भक्तपुरकाे ठिमी)
जलमग्न भयो भक्तपुर (११ तस्बिरमा हेर्नुस् भक्तपुरकाे ठिमी)

बुधबारदेखि भएको वर्षाका कारण भक्तपुरको जनजीवन अस्तव्यस्त भएको छ । भक्तपुरका खोलाहरुमा आएको बाढी घर, खेत तथा बाटोमा पस्न थालेपछि जनजीवन अस्तव्यस्त बन्न पुगेको हो ।
भारि वर्षाका कारण देशभर ठूलो क्षति पुगिरहेका बेला त्यसबाट उपत्यकाकै भक्तपुर पनि प्रभावित बन्न पुगेको हो । बाढीका कारण भक्तपुरमा जनधनकोसमेत क्षति भएको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा घर भत्किँदा एक परिवारका तीन जनाको मृत्यु भएको छ । राति सुतीरहेको समयमा घर भत्किएपछि तीन जनाको मृत्यु भएको हो । अन्यको उद्धार गरिएको प्रहरी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक शैलेस थापाले जानकारी दिए । इट्टा र माटोले बनेको पुरानो घर पानीका कारण गलेपछि भत्किएको हो ।
बर्षापछि भक्तपुर राधेराधेनजिक हनुमन्ते खोलामा आएको बाढीका कारण सो क्षेत्र डुबानमा परेको छ । सडक नै पुरिएपछि यातायातका साधनसमेत एकतर्फीमात्रै संचालन भइरहेको छ ।
प्रकाशित समय १३:२६ बजे