गृहपृष्ठ चार जिल्लामा एकसाथ नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा
चार जिल्लामा एकसाथ नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा

नेपाल इन्भेस्टमेन्ट बैंकले जुम्ला, बझाङ, प्युठान र दाङमा गरी चारवटा जिल्लामा एकसाथ नयाँ शाखा विस्तार गरेको छ । जुम्लाको हिमा गाउँपालिकाको कालिकाखेतु, बझाङको केदारसिउ गाउँपालिकाको झोता, प्युठानको नौबहिनी गाउँपालिकाको बाहाने र दाङको शान्तिनगर गाउँपालिकाको शान्तिनगरमा बैंकले शाखा विस्तार गरेको हो ।
ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले स्थानीय तहअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । नयाँ शाखासँगै बैंकका प्रदेश १ मा नौ, प्रदेश २ मा ६, प्रदेश ३ मा ३५, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ११, कर्णाली प्रदेशमा पाँच र प्रदेश ७ मा पाँच वटा शाखा पुगेका छन् ।
४५ जिल्लामा सेवा विस्तार गरिसकेको नेपाल इन्भेस्टमेन्ट बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिमा तीन अर्ब ७६ करोड रूपैयाँ लगानी गरेको छ ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकका एक सय एकवटा एटीएम छन् भने सातवटा एक्स्टेन्सन काउन्टर छन् । पाँच लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको बैंकका ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० भन्दा बढी भिसा तथा एनपीएन सदस्य रहेको बैंकको एटिएम छ ।
प्रकाशित समय १३:१८ बजे