गृहपृष्ठ रुस विश्वकपमा फ्रान्स बन्यो च्याम्पियन

रुस विश्वकपमा फ्रान्स बन्यो च्याम्पियन

रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा प्रतिस्पर्धी क्रोएसियालाई हराउँदै फ्रान्सले विश्वकपको उपाधि जितेको हो । यो सँगै फुटबलको इतिहासमा विश्वले फ्रान्सलाई दोस्रो विश्वविजेताका रुपमा पाएको छ ।

सन् २००० यता फरक-फरक राष्ट्रले विश्वकपको उपाधि जितेका छन् । सन् २००२ मा ब्राजिल, २००६ मा इटाली, २०१० मा स्पेन र सन् २०१४ मा जर्मनीले विश्वकपको उपाधि उचालेका थिए । सन् २०१८ मा फ्रन्सले विश्वकपको उपाधि उचालेको हो । फ्रन्सको यो दोस्रो विश्वकप उपाधि जितेको हो ।

खेलको सुरुवाती समयदेखिनै अग्रता लिएको फ्रान्सले क्रोएसियालाई निरन्तर दबाबमा पार्दै उपाधि उचालेको हो ।

खेलको १८ औं मिनेटमा अग्रता लिएको फ्रान्सलाई २८ औं मिनेटमा क्रोएसियाले बराबरीको स्थितिमा पुर्याएको थियो । तर त्यसपछिका लगातारका आक्रमण रोक्न नसक्दा पहिलोपटक विश्वकप फाइनल खेलेको क्रोएसिया उपविजेतामा चित्त बुझाउन बाध्य भयो । यसअघि सन् १९९८ मा क्रोएसिया तेस्रो भएको थियो ।

फाइनल खेलमा सुधारिएको प्रदर्शन गरे पनि क्रोएसियाले फ्रान्सको चुनौति पन्छाउन सकेन । सोही कारण फ्रान्ससँग ४–२ गोल अन्तरले पराजित हुँदै क्रोएसिया उपाधि फ्रान्सलाई सुम्पन बाध्य भयो ।

यो सँगै सन् २०२२ मा कतारमा भेट्ने बाचासहित २१ औं संस्करणको विश्वकप फुटबल समाप्त भएको छ ।

विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित भएसँग क्रोएसियाका समर्थकहरु निरास देखिएका छन् भने फ्रान्सका समर्थकहरुमा खुसीयाली छाएको छ ।

प्रकाशित समय २२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु