गृहपृष्ठ ‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास

‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास

दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित अखटेबाट सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास गरिएको छ । गाउँपालिकाको छितापोखरी र खोटेहाङ गाउँपालिका-५ चिप्रिङको सिमानामा पर्ने अखटेस्थित टुवाखोलाबाट छितापाखरी-पञ्चमीबजार हुँदै बतासेसम्म सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजनाको शनिबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले शिलान्यास गरे ।

प्रदेश १ सरकारको आर्थिक सहयोगमा जल तथा सिँचाइ डिभिजन कार्यालय खोटाङद्वारा ७ करोड ७२ लाख रुपैयाँ लागतमा साढे दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको उक्त योजनाको कामको जिम्मा विवस इन्टरनेसनल कन्स्ट्रक्सन कम्पनी काठमाडौँले लिएको छ ।

गत साउनमा निर्माण कम्पनी र सिँचाइ डिभिजन कार्यालयबीच सम्झौता भएको १३ किलोमिटर लामो उक्त योजनाको नौ किलोमिटरसम्म पाइप जडान, आरसिसी, पिसिसी, ग्याबिङ पर्खाल, मेसिनरी पर्खाललगायतका संरचनाको काम निर्माण कम्पनीले गर्ने जनाइएको छ । बाँकी काम उपभोक्ता समितिले गर्ने उक्त योजनाले छितापोखरीको आधा भू-भाग, छितापोखरी र बतासेका स्थानीयवासी लाभान्वित हुने गाउँपालिका प्रमुख राईले बताए । (रासस)

प्रकाशित समय १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु