गृहपृष्ठ बजेट खर्च नगरेको भन्दै अर्थले सबै मन्त्रालयलाई काट्यो पत्र

बजेट खर्च नगरेको भन्दै अर्थले सबै मन्त्रालयलाई काट्यो पत्र

artha_mantralaya_newskarobar

बजेट खर्च हुन नसकेका कारण आलोचना बढेपछि अर्थमन्त्रालयले सबै मन्त्रालयलाई पत्राचार गरेर सचेत गराएको छ । अर्थले सबै मन्त्रालयलाई पठाएको पत्रमा सक्ने भए बजेट खर्च गर्न र नसक्ने भए आत्मसमर्पण गर्न सुझाइएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले न्युज कारोबारलाई जानकारी दिए ।

बजेट आएदेखि नै अर्थले मन्त्रालयहरुलाई बजेट खर्च गर्न आग्रह गर्दै आएको थियो । ‘बजेट खर्च हुन नसक्नुका कारण पहिल्याएर नीतिगत अप्ठ्यारा फुकाइएको छ,’ पत्रमा उल्लेख कुरा उदृत गर्दै ती अधिकारीले भने, ‘तर विगतकै जस्तो बजेट खर्च हुन नसक्नु दुखद पक्ष हो ।’

प्रकाशित समय १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु