गृहपृष्ठ सेयर बजारमा हरियाली
सेयर बजारमा हरियाली
सेयर बजारमा बुधबार हरियाली छाएको छ । कारोबारको अन्तिम एक घण्टामा बढ्न थालेको नेप्से परिसूचक ८.७३ अंकले बढेर बन्द भएको छ । नेप्सेमा सूचीकृत सबै समूहमा बुधबार हरियाली छाएको छ ।
जीवन बिमा, निर्जीवन बिमा र लघुवित्त समूह २ प्रतिशतभन्दा धेरैले बढेका छन् । अन्य समूहमा पनि सकारात्मक छन् । बुधबार १६९ कम्पनीको ९ लाख ९० हजार २७४ कित्ता सेयर ३० करोड ८२ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।
प्रकाशित समय १६:२१ बजे

















