गृहपृष्ठ दुई दिनमै ५७ अंकले बढ्यो नेप्से, ३ अर्बको कारोबार
दुई दिनमै ५७ अंकले बढ्यो नेप्से, ३ अर्बको कारोबार
सेयर बजार परिसूचक नेप्से दुई दिनमै ५७ अंकले बढेको छ । आइतबार ४२ अंकले बढेको नेप्से सोमबार तीव्र उतारचढावबीच १५ अंकमा रोकिएको हो । नेप्से गत सातादेखि बढ्न थालेको हो ।
उत्पादनमूलक र लघुवित्तबाहेकका सबै उपसमूह बढेपछि सेयर बजार सोमबार १५.१४ अंकले बढेर १२७०.८६ अंकमा पुगेको छ । जलविद्युत समूह सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढ्यो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । लगानीकर्ताको मनोबल बढेपछि ब्याजदर उच्च हुँदाहुँदै पनि पौने २ अर्बको कारोबार भएको छ । सोमबार १८३ कम्पनीको १ अर्ब ७० करोड रुपैयाँ बराबरको ५५ लाख १८ हजार ६३६ कित्ता सेयर किनबेच भएको हो । आइतबार १७९ कम्पनीको ३८ लाख ३१ हजार ४५ कित्ता सेयर १ अर्ब ३३ करोड ५७ लाख रुपैयाँको कारोबार भएको थियो ।
सोमबार नेपाल टेलिकमको सर्वाधिक ६ करोड रुपैयाँको सेयर किनबेच भयो । घोडाघोडी लघुवित्त र सानिमा माई हाइड्रको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।
यो पनि पढ्नुहोस्
नेप्सेमा उछाल, एकैदिन ४२ अंकको वृद्धि, ३१ कम्पनीको मूल्य ९ प्रतिशत बढ्यो
प्रकाशित समय १५:३१ बजे

















