गृहपृष्ठ नेप्से १७ अंकले बढ्दा १३३ कम्पनीका लगानीकर्ताले कमाए

नेप्से १७ अंकले बढ्दा १३३ कम्पनीका लगानीकर्ताले कमाए

सेयर बजार परिसूचक नेप्से मंगलबार १७ अंकले बढेको छ । व्यापार समूह घटे पनि अन्य सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक १७.११ अंकले बढेर १३४१.३८ अंकमा पुगेको हो ।

बैंक, विकास बैंक, निर्जीवन बिमा र म्युचुअल फन्ड समूह १ प्रतिशतभन्दा धेरैले बढेका छन् । १७५ कम्पनीको कारोबार भएको बजारमा ४० लाख १८ हजार ८७१ कित्ता सेयर १ अर्ब ५४ करोड १४ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।

मंगलबार शिवम सिमेन्टको सर्वाधिक १५ करोड २० लाख रुपैयाँ तथा एनआइसी एसिया ११ करोड ४० लाख रुपैयाँको काराबार भएको छ । कालिका पावरको सेयर मूल्य १० प्रतिशत तथा नेपाल सेवा लघुवित्तको सेयर मूल्य ९.८३ प्रतिशत बढेको छ । नेप्से बढ्दा १३३ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

प्रकाशित समय २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु