गृहपृष्ठ देशभरका ४० जलविद्युत आयोजनामा एनएमबी बैंकको लगानी
देशभरका ४० जलविद्युत आयोजनामा एनएमबी बैंकको लगानी
एनएमबी बैंकले सानाठूला गरी देशभरका ४० जलविद्युत आयोजनामा लगानी गरेको छ । लमजुङ र गोरखाको सिमानामा रहेको ८.६३ मेगावाट क्षमताको चेपेखोला साना जलविद्युत आयोजनामा बैंकले पछिल्लो लगानी गरेको हो । आयोजनामा बैंकको एकल लगानी रहनेछ ।
आशुतोष इनर्जी प्रा.लि.द्वारा प्रवर्धित लमजुङको दूधपोखरी र गोरखाको अजिरकोट गाउँपालिकामा पर्ने चेपेखोलामा बैंकले एक अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानीका लागि गरेको हो । आयोजनाको कुल लागत एक अर्ब ५० करोड रुपैयाँ रहनेछ । बाँकी रकम प्रवर्धक कम्पनीले लगानी गर्नेछ ।
चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवर्धक र स्थानीय बासिन्दाको लगानी छ । आयोजनाबाट २०७८ फागुन ९ गते व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिए पनि चार महिनाअगावै उत्पादन सुरु गर्नेगरी काम अघि बढाइएको आशुतोष इनर्जीले जनाएको छ । विद्युत गृहबाट उत्पादित विद्युत लमजुङमा रहेको कीर्तिपुर सब-स्टेसनमा जडान गरिनेछ ।
प्रकाशित समय २०:१६ बजे

















