गृहपृष्ठ नेपाल वायुसेवा निगमको दिल्ली उडान कटौती

नेपाल वायुसेवा निगमको दिल्ली उडान कटौती

यात्रुको टिकट फिर्ता गरिने, मिति परिवर्तन निःशुल्क

nepal-airlince-newskarobar

नोबेल कोरोनाभाइरस (कोभिड–१९) का कारण यात्रु संख्यामा कमी आएको भन्दै नेपाल वायुसेवा निगमले उडान तालिका कटौती गरेको छ । दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं – दिल्ली- काठमाडौं उडान मार्च १५ देखि लागू हुने गरी एउटा मात्र हुने भएको छ । बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको निगमले जनाएको छ ।

निगमले बेंग्लोरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरेको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरेको छ ।

बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ । निगमले काठमाडौं – दोहा उडान फागुन २७ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकेको छ ।

उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने निगमले जनाएको छ । त्यस्तै उडानको मिति एकपटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले विज्ञप्ति जारी गरी जनाएको हो ।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु