गृहपृष्ठ नेप्से प्रमुख साउदले सम्हाले कार्यभार
नेप्से प्रमुख साउदले सम्हाले कार्यभार

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले शुक्रबारदेखि पुनः कार्यभार सम्हालेका छन् । सरकारले गैरकानुनी ढंगले आफूलार्इ हटाएको भन्दै सर्वोच्च अदालत पुगेका प्रमुख कार्यकारी अधिकृत साउद सर्वोच्चको अन्तरिम आदेशसँगै पुनर्बहाली भएका हुन् ।
मंगलबार सर्वोच्चको अन्तरिम आदेश पाएसँगै पुनर्बहाली भए पनि अर्थमन्त्रालयको हस्तक्षेपका कारण साउद नेप्सेमा हाजिर हुन पाएका थिएनन् ।
देउवा सरकारले साउदलाई नेप्सेमा असोज २४ गते चार वर्षका लागि नियुक्त गरेको थियो । ओली सरकारले देउवा सरकारका राजनीतिक निर्णय एकमुष्ट खारेज गरेपछि उनी स्वतः बर्खास्त भएका थिए । सरकारले उनलाई हटाएर अर्को व्यवस्था नभएसम्मका लागि भन्दै अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई सीईओको जिम्मेवारी दिएको थियो ।
प्रकाशित समय १२:५८ बजे