गृहपृष्ठ ११ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
११ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ११ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार बोलकबोल मार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले ३ सय ६४ दिनका लागि २ अर्ब, १ सय ८२ दिनका लागि पाँच अर्ब र ९१ दिनका लागि ४ अर्ब ३ करोड रुपैयाँ र गरी ११ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सोमबार बोलकबोलका लागि खुला गरिने ट्रेजरी मंगलबार खोलिने राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गर्ने गरिन्छ ।
एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् ।
प्रकाशित समय १३:५० बजे

















