गृहपृष्ठ एनएमबि बैंकको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि बैंकको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुस २६ गते वार्षिक साधारणसभा

nmb-bank-newskarobar

एनएमबि बैंकको ३० प्रतिशत लाभांश सुरक्षित गर्न तोकेको समय सोमबार सकिँदैछ । गत वर्षको नाफाबाट बैंकले दिन लागेको १० प्रतिशत बोनस सेयर र २० प्रतिशत लाभांश सुरक्षित गर्ने समय सोमबार सकिन लागेको हो । पुस २६ गते वार्षिक साधारणसभा भएकाले बैंकले सोमबारपछि बुक क्लोज गर्नेछ ।

बैंकले बोनसका लागि ८७ करोड ४३ लाख ७८ हजार ४२२ रुपैयाँ तथा नगद लाभांश वितरणका लागि १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८४५ रुपैयाँ विनियोजन गरेको छ ।

पुस २६ गते साधारणसभा
यस बैंकको वार्षिक साधारणसभा यही पुस २६ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लबमा सुरु हुने छ । साधारणसामा बैंकले लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेलगायतका महत्वपूर्ण प्रस्ताव पेश गर्ने छ ।

८ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैंकले लाभांस वितरण गरेपछि चुक्ता पुँजी बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने छ । यस बैंकले एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ७५ पैसा छ । व्यवस्थापकीय पाटो चुस्त रहेको बैंक केही नीतिनियम साधारणसभाबाट पारित गराइ सेवा प्रवाहलाई पनि चुस्त बनाउने योजनामा छ ।

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु