गृहपृष्ठ प्रियंका र आयुषमानसँग कोकाकाेला मोःमो उत्सव

प्रियंका र आयुषमानसँग कोकाकाेला मोःमो उत्सव

कोका–कोलाले चौथो वर्षको मोःमोःउत्सव प्रियंका कार्की र आयुषमान देशराज जोडीसँगै मनाउने भएको छ । यो जोडीले कोक र मःमःलाई पूर्ण गर्न काठमाडौंका डल्ले र पेपे पिज्जाका आउटलेटहरु भ्रमण गर्ने भएका छन् ।

उनीहरुले सोमबार लबिम् मल, जाउलाखेल, कमलादीको डल्ले रेष्टुरेन्टका साथै बालाजु, महाराजगञ्ज, अनामनगर, त्रिपुरेश्वरका पेपे पिज्जाका आउटलेटमा पुगेर शुभेच्छुकहरुसँग रमाइलो गरेका छन् । फ्यानहरु प्रियंका र आयुषमानसँग भेट्ने अवसर पाउँदा हर्षित देखिएका थिए । उनीहरुले यी दुई कलाकारसँग फोटो खिच्ने अवसर पनि पाएका थिए ।

नायिका कार्कीले आफू कोका–कोला मोःमोःउत्सवमा विगत ३ वर्षदेखि लगातार सहभागी हुँदै आइरहेको बताइन् । उनले अन्य आउटलेटहरु पनि भ्रमण गर्ने जानकरी दिइन् । प्रियंका र आयुषमानको थप आउटलेट भ्रमणको बारेमा कोका–कोला नेपालको फेसबुक र इन्स्टिाग्राम पेज लाइकमा जानकारी उपलब्ध हुनेछ ।

प्रकाशित समय १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु