गृहपृष्ठ करतार ट्याक्टरको नेपालमा विक्रि सुरु

करतार ट्याक्टरको नेपालमा विक्रि सुरु

करतारको ट्याक्टर नेपालमा विक्रि शुरु भएको छ । करतार एग्रो ईन्डष्ट्रिज पञ्जाबका निर्देशक अमित हरमिन सिंहले औपचारिक रुपमा विक्री शुभारम्भ गरे ।

भारतको पहिलो कम्बाईन्ड हारभेष्टर निर्माता करतार कम्पनीले नेपालमा बैशाखदेखि ट्याक्टर भित्र्याएको थियो । कृषि कार्यको लागि करतारका ट्याक्टर उत्कृष्ट रहेको आधिकारिक विक्रेता डिपी मोर्टसका सञ्चालक देवेन्द्रराज पौडेलले दावी गरे । कम्पनीले कम्बाईन्ड हारर्भेष्टरको अलवा रोटावेटर, बेलर, प्लान्ट, सिडरलगायतका उपकरहरु उत्पादन गर्दै आएका छ । करतार ट्याक्टरको ईन्जिन भारतको किर्लोस्करले उत्पादन गरेको हो ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु