गृहपृष्ठ नेपाली बजारमा भित्रियो ब्याप्को लुब्रिकेन्टस्

नेपाली बजारमा भित्रियो ब्याप्को लुब्रिकेन्टस्

काठमाडौं – एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा नियुक्त भएको छ । बहराइन पेट्रोलियम कम्पनीको यो लुब्रिकेन्ट्सलाई एलआर मोटर्सले नेपालभर बिक्री–वितरण गर्न शुरु गरेको छ । बहराइन सरकारको स्वमित्व रहेको ब्याप्को उच्च गुणस्तरको लुब्रिकेन्ट्सका रुपमा बिश्वभर प्रख्यात रहेको कम्पनीको दावी छ ।

नेपाली बजारमा यसको अटोमोटिभ र इन्डस्ट्रियल गरी दुवै सेग्मेन्टका लुब्रिकेन्ट्स उपलव्ध गराइएको उक्त मोटर्सकी प्रवन्ध निर्देशक लक्ष्मी झाले बताइन् । नेपाली बजारमा उपलव्ध अन्य लुब्रिकेन्ट्सका तुलनामा उच्च गुणस्तरिय बिशेषताका कारण यो लुब्रिकेन्ट्स छिट्टै लोकप्रिय बन्ने उनको दावी छ । ‘यसमा भएको बिशेष गुणका कारण यो लुब्रिकेन्ट्स प्रयोग भएको सवारीसाधनले राम्रो पर्फमेन्स दिन्छ,’ उनले भनिन्, ‘साथै इन्जिनको आयु समेत बढाउँछ ।’

कम्पनीले नेपाली बजारमा पूर्ण सिन्थेटिक, सेमी सिन्थेटिक र मिनरल बेशका लुब्रिकेन्ट्स उपलव्ध गराएको छ । ब्याप्कोलाई बिश्व प्रख्यात अटोमोबाइल ब्राण्ड मर्सिडिज, पोर्से, भल्भो र क्युमिन्सलगायत ब्रान्डले समेत ओईएममा प्रयोग गर्न सिफारिस गरेको कम्पनीको दावी छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु