गृहपृष्ठ रनरको हक मोटरसाइकल नेपाली बजारमा, मूल्य ४ लाख रुपैयाँ

रनरको हक मोटरसाइकल नेपाली बजारमा, मूल्य ४ लाख रुपैयाँ

बंलादेशको मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्सले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ । यो मोटरसाइकलले ७५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर र ५५०० आरपिएममा १४ दशमलव ५ एनएमको टर्क निकाल्ने कम्पनीको भनाई छ । यो मोटरसाइकल अफरोडमा चलाउन भरपर्दो र सजिलो रहेको कम्पनीको दावी छ । रमन मोटर्सका देशैभर रहेका २२ वटा डिलरमार्फत एकैसाथ विक्रि गर्ने योजनाका साथ सर्विस र स्पेयर्स पार्टस्को सम्पूर्ण तयारी पूरा भएको महाप्रबन्धक विनोद थापाले बताए ।
रमन मोटर्सका विजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले हाइ ग्राउण्ड क्लियरेन्स् हुनुका साथै आरामदायी सिट भएको हक मोटरसाइकल पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने बताए । कम्पनीले यो मोटरसाइकलको मूल्य ३ लाख ९९ हजार रुपैयाँ तय गरेको छ ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु