गृहपृष्ठ एनआईबिएल एस क्यापिटलमा निशुल्क खाता खोल्न पाइने

एनआईबिएल एस क्यापिटलमा निशुल्क खाता खोल्न पाइने

एनआईबिएल एस क्यापिटल लिमिटेडले सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सघाउन २०७६ बैशाष १ देखि सिमित अवधिका लागि सम्पूर्ण निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ ।

एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनी हो । निशुल्क खाता खोल्ने सुबिधा क्यापिटलको मुख्य कार्यालय लाजिम्पाटलगायत कम्पनीको लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवलस्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेण्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिनेछ एनआइबिएल एसले ४० कम्पनीका करिब १४ लाख शेयरधनीहरुलाई शेयर रजिस्ट्रार सम्बन्धी सेवा पुर्याउदै आइरहेको छ ।

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु