गृहपृष्ठ कोर्पोरेट स्ट्रेस्स म्यानेजमेन्ट कसरी गर्ने ?

कोर्पोरेट स्ट्रेस्स म्यानेजमेन्ट कसरी गर्ने ?

इम्प्रेसन इभेन्ट मेनेजमेन्टले तनाव कम गर्ने उपायसहितको दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । नेपाल योगा एकेडेमिक रिटि«ट नगरकोटमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बैंक, इन्स्योरेन्सलगायतका संस्थाका उच्च पदाधिकारीको सहभागिता थियो ।
कर्पोरेट मेडिटेशनः स्ट्रेस्स म्यानेजमेन्ट नाम दिइएको उक्त कार्यक्रममा योग गुरु डा. चिन्तामणि गौतमले तनाव मुक्त हुने उपायसहितको योग प्रशिक्षण दिएका थिए । योग गुरु गौतमले दैनिक योगा गर्ने व्यक्तिलाई थकाइ कम लाग्ने र विहान योगा गर्दा दिनभर तनाबमुक्त हुन सकिने बताए । यस्तो प्रकारको ध्यान र ट्रेनिङले कार्य कुशलता प्रभावकारी हुनुका साथै कर्मचारी हरुबाट पारिणाम पनि राम्रो आउने जानकारी दिए । यो मेडिटेसन कार्यक्रम गर्नुको प्रमुख उद्देश्य तनावमुक्त कोर्पोरेट कल्चरको बिकास गर्नु रहेको कार्यक्रमका आयोजक तथा इम्प्रेसन इवेन्ट म्यानेजमेन्टका बिजिनेस डारेक्टर पूजा श्रेष्ठले बताइन् ।
जीवन बीमा कम्पनीहरुमा काम गर्नेहरुका लागि यस्तो स्ट्रेस्स म्यानेजमेन्ट ट्रेनिङ अति उपयोगी हुने रहेछ भन्दै सानीमा लाईफ इन्स्योरेन्सका कर्पोरेट हेड गुणराज श्रेष्ठले आफ्नो अनुभब साटेका थिए ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु