गृहपृष्ठ राजधानीमा खुल्यो केराका परिकार पाइने बनाना क्याफे

राजधानीमा खुल्यो केराका परिकार पाइने बनाना क्याफे

काठमाडौंको शंकरदेव रोड बागबजारमा केराका परिकार उपलब्ध हुने रेष्टुरेन्ट बनाना क्याफे सुरु भएको छ । कलकारहरु लय संग्रौला, उत्तम केसी र नायिकासारिका घिमिरले बिहिबार शुभम हेम वनाना नामको उक्त क्याफेको उद्घाटन गरे ।
यस क्याफेमा केराका परिकारहरु जिरा, मःमः, चिप्स, पकौडा, चिल्लीलगायतका परिकार उपलब्ध हुन्छ । कलाकार उत्तम केसीले केराका परिकारको स्वाद मिठो रहेको बताए । गायिका सारिका घिमिरेले भने केराका परिकारको स्वाद पहिलो पल्ट लिएको बताईन ।
लामो समय विदेशमा बसेको अनुभवले केराका परिकार पस्किने रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक प्रमोद सेरचनले बताए । ग्राहकलाई फरक र मिठो स्वादका लागि केराका परिकार रेष्टुरेण्टले उपलब्ध गराएको क्याफेका अर्का सञ्चालक अपेक्षा रञ्जीताले बताईन् ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु