गृहपृष्ठ बढी मूल्य असुल्दा भाटभटेनीलाई तीन लाख जरिवाना
बढी मूल्य असुल्दा भाटभटेनीलाई तीन लाख जरिवाना
देशकै प्रमुख सुपरमार्केट भाटभटेनी सुपरस्टोरले अधिकतम बिक्री मूल्य (एमआरपी)भन्दा बढी मूल्य लिने गरेको बारम्बार गुनासो आउने गरेको छ ।
यो सुपरस्टोरले विदेशबाट आयातीत सामानमा आफ्नै नयाँ मूल्य सूची बनाइ स्टिकर टाँसेर बढी मूल्य लिने गरेको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको फेला परेको छ ।
देशभरि लकडाउन हुँदा अन्य बजारहरू सीमित समय खुला गर्न दिइए पनि भाटभटेनीलाइ भने दिनभर खोल्न दिइएको छ ।
संकटकालीन अवस्थामा माैकाका फाइदा उठाउँदै आएको गुनासाेपछि सोमबार विभागले अनुगमन गर्दा बढी मूल्य लिएको फेला परेको हो ।
विभागले गरेको अनुगमनमा भाटभटेनी सुपरमार्केटको मुख्य बजार टंगालले उपभाेग्य सामानमा एमआरपीभन्दा बढी मूल्य लिइ बिक्री गरेकाे पाइएकाले विभागले उपभोक्ता संरक्षण ऐनबमाेजिम रु ३ लाख जरिवाना गरिएको जनाएको छ ।
प्रकाशित समय १९:१९ बजे

















