गृहपृष्ठ एनएलजी इन्स्योरेन्सको नाफा १५ करोड

एनएलजी इन्स्योरेन्सको नाफा १५ करोड

काठमाडौं- एनएलजी इन्स्योरेन्सले गत वर्षको नौ महिनाको तुलनामा १६ प्रतिशत नाफा बढाएको छ । चैतसम्म कम्पनीले १५ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले १२ करोड ९७ लाख रुपैयाँ नाफा गरेको थियो ।

चैतसम्म कम्पनीले २७ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २२ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको जगेडा कोषमा ८ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३१ रुपैयाँ ४४ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब १ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले हालसम्म ५० करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ । कम्पनीले अझै ८१ करोड ८२ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

प्रकाशित समय १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु