गृहपृष्ठ राष्ट्रिय बिमा कम्पनीको नाफामा ७६ प्रतिशत वृद्धि

राष्ट्रिय बिमा कम्पनीको नाफामा ७६ प्रतिशत वृद्धि

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीले चालू आर्थिक वर्षको नौ महिनामा ७६ प्रतिशत नाफा बढाएको छ । कम्पनीले चैतसम्ममा ४६ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २६ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले विभिन्न कम्पनीका गरेको लगानीबाट मात्रै चैतसम्ममा ३८ करोड ९३ लाख रुपैयाँ कमाएको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानी दोब्बर बढेर ६६ करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३० लाख ६५ लाख रुपैयाँ थियो । कम्पनीको जगेडा कोषको आकार बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ । नाफा वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी बढेर १७३ रुपैयाँ पुगेको छ ।

चैतसम्म राष्ट्रिय बिमा कम्पनीले ७६ करोड ९० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३६ करोड ३५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।

प्रकाशित समय ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु