गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल

मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल

काठमाडौं मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई सीर्इमा बढुवा गरेको हो । बैंकिङ क्षेत्रमा २८ वर्ष लामो अनुभव संगालेका नवनियुक्त सीईओ पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो सीईओका रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त सीईओ पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट बैंकिङ करिअर सुरू गरेका हुन् । १९ वर्ष नविल बैंकमा बताएका पोखरेलले त्यसपछि ६ वर्ष मेघा बैंक नेपालमा सहायक महाप्रबन्धकको जिम्मेबारी नभाए । उनी २०७३ मंसिर १९ गतेदेखि मुक्तिनाथको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

बैंकले नवनियुक्त सीईओको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत वीर अस्पतालको सरसफाइका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहयोग रकम धुर्मुस-सुन्तली फाउन्डेका अध्यक्ष सीताराम कट्टेल (धुर्मु)लाई बैंकका सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्लले प्रदान गरे

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु