गृहपृष्ठ गरिमा विकास बैंकद्वारा ‘गरिमा रेमिट’ सञ्चालनमा
गरिमा विकास बैंकद्वारा ‘गरिमा रेमिट’ सञ्चालनमा
काठमाडौं– गरिमा विकास बैंकले मंगलबार (आज)देखि रेमिट प्रोडक्ट ‘गरिमा रेमिट’ सेवा सञ्चालनमा ल्याएको छ । उक्त रेमिट्यान्स प्रडक्टको विकास बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठले उद्घाटन गरे । कार्यक्रममा सञ्चालक श्रेष्ठले विकास बैंकले यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानमा रहने गरिमा रेमिटका एजेण्टमार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने जानकारी गराए । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाको विविधीकरण तथा ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिट सञ्चालनमा ल्याएको बताए । विकास बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमयसम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्डसमेत सञ्चालनमा ल्याउने उनले जानकारी गराए । गरिमा विकास बैंकले ५७ वटा शाखा कार्यालय र १२ वटा एटिएमबाट सेवा दिइरहेको छ ।
प्रकाशित समय १७:३९ बजे

















