गृहपृष्ठ सनराईज बैंकले जारी गर्यो १० लाख कित्ता ऋणपत्र

सनराईज बैंकले जारी गर्यो १० लाख कित्ता ऋणपत्र

sunrise-bank-newskarobar

सनराईज बैंक लिमिटेडले १० लाख कित्ता ऋणपत्र जारी गरेको छ । चैत २० गतेबाट किन्न सकिने गरी बैंकले ऋणपत्र ल्याएको हो । प्रतिकित्ता १ हजारका दरले १० लाख कित्ता ऋणपत्रमा छिटोमा २५ गतेसम्म र ढिलोमा बैशाख १९ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

जारी भएको कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि र ६ लाख कित्ता संस्थागत लगानीकर्ताहरुका लागि छुट्याईएको छ । ऋणपत्रमा लगानीकर्ताले १० प्रतिशत व्याजदर अर्धबार्षिक रुपमा भुक्तानी पाउने व्यवस्था छ । ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु