गृहपृष्ठ ज्योति विकास बैंक र हाम्रो विकास बैकको एकिकृत कारोवार शुरु
ज्योति विकास बैंक र हाम्रो विकास बैकको एकिकृत कारोवार शुरु
ज्योति विकास बैंकले र नुवाकोटको हाम्रो विकास बैंकलाई किनेपछि एकिकृत कारोबार शुक्रबार सुरु भएको छ । राष्ट्रिय स्तरको ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेको हो । एकिकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले गरे । यसै अवसरमा ज्योति विकास बैंकले नुवाकोटको बट्टार बजारमा नयाँ एटिएमसमेत संचालनमा ल्याएको छ ।
कार्यक्रममा ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पँुजीको हिसावले सबैभन्दा ठुलो विकास बैंक भएको बताए । उनले लघु कर्जादेखि ठुला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न बैंक प्रतिवद्ध रहेको बताए ।
एकिकृत कारोबारपश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६ अर्व ३८ करोड र कर्जा २३ अर्व ५७ करोड पुगेको छ । यस्तै शाखा संख्या ९५, एटिएम संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ । बैंकको चुक्ता पँुजी ३ अर्व १० करोड पुगेर चुक्ता पँुजीको हिसावले देशकै ठुलो विकास बैंक बन्न सफल भएको छ । साथै यसै आर्थिक वर्षभित्र थप २ वटा नयाँ शाखा तथा थप २६ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
प्रकाशित समय १८:२७ बजे

















