गृहपृष्ठ शिखर इन्स्योरेन्सले माग्यो १२५ कर्मचारी
शिखर इन्स्योरेन्सले माग्यो १२५ कर्मचारी
काठमाडौं– शिखर इन्स्योरेन्सले सहायक तहदेखि प्रबन्धकसम्म १ सय २५ जनाका लागि जागिर खुलाएको छ । शिखरले सहायक प्रबन्धक दुर्इ, बजार प्रबन्धक २०, ब्रान्ड अधिकृत एक, एज्युकेटिभ सेक्रेटरी एक र अन्डरराइटिङ, बजार र लेखाका लागि एक सयजना मागेको छ । जागिरका लागि इन्छुकले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ । खरिद तथा प्रशासन अधिकृत, बजार प्रबन्धक, मानव संशाधन, ब्रान्ड र एक्ज्युकेटिभ सेक्रेटरी कर्पोरेट कार्यलय र सहायक, अन्डरराइटर, लेखा, बजार र दाबीका लागि उपत्यकाबाहिर खटाइने कम्पनीले जनाएको छ ।
प्रकाशित समय १३:२४ बजे

















